Like us!
Follow us!
Connect us!
Watch us!

१२ वर्षदेखि माथिकालाई लगाउन एक करोड डोज खोप ‘बुक’

अर्थ संसार

विहीबार, ११ कार्तिक २०७८, १४ : २९ मा प्रकाशित

१२ वर्षदेखि माथिकालाई लगाउन एक करोड डोज खोप ‘बुक’

सरकारले १२ वर्षभन्दा माथि उमेर समूहका लागि लगाउने गरी एक करोड डोज खोप ल्याउन बुक गरेको जनाएको छ ।

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री विरोध खतिवडाले १२ वर्षभन्दा माथि र १८ वर्षभन्दा मुनीको समूहका नागरिकलाई लगाउने गरी एक करोड डोज कोरोना भाइरसविरुद्धको खोप बुक गरिसकेको जानकारी दिएका हुन् । 

१८ वर्षभन्दा माथि उमेर समूहकालाई खोप लगाउने अभियान सुरु भइसकेका बेला सो उमेर समूहभन्दा कम उमेर समूहलाई लक्षित गरी सरकारले खोप ल्याउन थालेको हो ।  

१२ वर्षमाथिकालाई खोप लगाउन विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले स्वीकृति दिइसकेको भन्दै मन्त्री खतिवडाले भने, ‘डब्लुएचओले अनुमति दिइसकेकाले १२ वर्षमाथिकालाई लगाउने गरी एक करोड डोज खोप ‘बुक’ गरिसकिएको छ ।  अमेरिकाबाट खरिद गरेर ल्याउने फाइजर र मोडेर्नाको एक करोड डोजले ५० लाखलाई पुग्छ।’ 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sansarartha@gmail.com मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको