Like us!
Follow us!
Connect us!
Watch us!

पार्टीको इज्जत लुट्ने गए बल्ल पार्टी राम्रो भयोः ओली

अर्थ संसार

शनिबार, ०६ कार्तिक २०७८, १२ : ३८ मा प्रकाशित

पार्टीको इज्जत लुट्ने गए बल्ल पार्टी राम्रो भयोः ओली

नेकपा (एमाले) अध्यक्ष केपी ओलीले पार्टीको बेइज्यत गर्ने र हुर्मत लिनेहरु बिदा भएपछि पार्टी राम्रो र बलियो भएको दाबी गरेका छन् । 

देशभरका वडा अधिवेशनलाई भर्चुअल माध्यमबाट सम्वोधन गर्दै ओलीले माधव नेपाल र पुष्पकमल दाहाल पार्टीवाट अलग्गिएपछि पार्टी थप शसक्त भएको दाबी गरे । 

‘पार्टीको बेइज्यत गर्नेहरु गइसके अव पार्टी शुद्धिकरण भयो । पार्टीलाई सरकारवाट हटाउने खेल भए । पार्टीमाथि आन्तरिक र वाह्य साँठगाँठ को निष्कर्ष सरकार फेरबदलमा देखियो । अब पार्टी नयाँ ढंगले अघि वढेको छ,’ उनले भने । 

उनले लोकतान्त्रिक भनिएको पार्टी (कांग्रेस)ले समेत अधिवेशन गर्न नसकेको भन्दै एमाले उन्नत पार्टी भएको बताए ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sansarartha@gmail.com मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको