Like us!
Follow us!
Connect us!
Watch us!

३० अर्बको रिपो बिक्री गर्दै राष्ट्र बैंक, के हो रिपो र रिभर्स रिपो ?

अर्थ संसार

विहीबार, ०७ असोज २०७८, १० : ३२ मा प्रकाशित

३० अर्बको रिपो बिक्री गर्दै राष्ट्र बैंक, के हो रिपो र रिभर्स रिपो ?

नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ बराबरको रिपो बिक्री गर्ने भएको छ । बैंकले आज (बिहीबार) उक्त परिमाणको रिपो बोलकबोल गर्न लागेकाे हाे ।

७ दिने अवधिका लागि बोलकबोल गर्न लागिएकाे उक्त रिपोमा वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाहरुले लगानी गर्न पाउनेछन् । यो रिपो असाेज १४ गते परिपक्क हुनेछ ।

रिपो तथा रिभर्स रिपो केन्द्रीय बैंकले छोटो समयावधीका लागि बैंकिङ्ग प्रणालीमा तरलता प्रवाह गर्न तथा बैंकिङ्ग प्रणालीमा रहेको अधिक तरलतालाई प्रसोचन गर्न उपयोग गर्ने उपकरण हुन् । यस अन्तर्गत तरलताको अवस्था हेरी केन्द्रीय बैंकले बैंक तथा वित्तिय संस्थाहरुबाट अल्पकालिन सापटी दिने वा लिने कार्य गरी तरलताको व्यवस्थापन गर्ने कार्य गर्दछ ।

रिपो (Repo)

बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा छोटो अवधिको लागि तरलता प्रवाह (Liquidity Injection) गर्न प्रयोग हुने उपकरणलाइ रिपो भनिन्छ। यसअन्तर्गत तरलता आवश्यक परेको बैंक तथा वित्तिय संस्थाहरुबाट ट्रेजरी बिल वा विकास ऋणपत्र धितोको रुपमा लिई निश्चित व्याज लिने शर्तमा नेपाल राष्ट्र बैंकले उक्त संस्थाहरु लाइ अल्पकालीन सापटी प्रदान गर्दछ जसले गर्दा बैंकिङ्ग प्रणालीमा तरलता प्रवाह हुन जान्छ।

यसरी तरलता प्रवाह गर्दा बोलकबोल विधि (Auction Mechanism) बाट सबैभन्दा बढी व्याज तिर्न तयार बैंकलाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म बाँडफाँट गरिन्छ र भुक्तानी मितिमा बैंक तथा वित्तिय संस्थाबाट एकमुष्ट रुपमा साँवा व्याज रकम असुल गरी धितोको रुपमा राखेको ट्रेजरी बिल वा विकास ऋणपत्र फिर्ता गरिन्छ।

रिभर्स रिपो (Reverse Repo)

बैंकिङ प्रणालीमा साधारण प्रकृतिको अधिक तरलताको स्थिति देखिएमा अल्पकालीन अवधिकाे लागि तरलता प्रशोचन (Liquidity Mop-up) गर्न प्रयोग हुने उपकरणलाइ रिभर्स रिपो भानिन्छ। यसमा बैंक तथा वित्तिय संस्थालाई निश्चित व्याज तिर्ने गरी नेपाल राष्ट्र बैंकले तोकिएको रकम ती संस्थाबाट सापटी लिने काम गर्दछ जसले गर्दा बैंकिङ्ग प्रणालीको तरलतामा कमी आउँदछ।

यसरी सापटी लिदा नेपाल राष्ट्र बैंकले आफ्नो स्वामित्वमा भएको ट्रेज़री बिल्स तथा विकास ऋणपत्र धितोस्वरूप राख्नु पर्ने हुन्छ र यसमा तिर्नुपर्ने ब्याज बोलकबोल प्रक्रियाबाट निर्धारण हुन्छ । बोलकबोलमा सहभागी बैंक तथा वित्तीय संस्थाहरूमध्ये सबैभन्दा कम व्याजदर बोल गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग सापटी लिने काम गरिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sansarartha@gmail.com मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको