Like us!
Follow us!
Connect us!
Watch us!

निर्माण क्षेत्रमा खोप अनिवार्य गरिएपछि तोडफोडमा उत्रिए मजदुर

अर्थ संसार

मंगलबार, ०५ असोज २०७८, १२ : १० मा प्रकाशित

निर्माण क्षेत्रमा खोप अनिवार्य गरिएपछि तोडफोडमा उत्रिए मजदुर

सरकारले अस्ट्रेलियाको मेलवर्नका निर्माण क्षेत्रमा कोभिड खोप अनिवार्य गरेपछि त्यसको विरोधमा मजदुरहरु तोडफोडमा उत्रिएका छन् । सरकारले निर्माण क्षेत्रमा काम गर्ने मजदुरले कम्तिमा एक डोज खोप अनिवार्य लाउनुपर्ने व्यवस्था गरेपछि उनीहरु तोडफोडमा उत्रिएका हुन् । झडपपछि भिक्टोरिया राज्यले मेलबर्नका निर्माण क्षेत्र बन्द गरेको छ । 

खोप अनिवार्य गरिएपछि विवाद बढेसँगै त्यहाँका निर्माण क्षेत्र दुई साताका लागि बन्द गरिएको अधिकारीहरूले जनाएका छन् । मजदुरले खोपको बिरोध गर्दै सार्वजनिक सम्पत्ती तोडफोड गरेका थिए । भिड नियन्त्रण गर्न प्रहरीले रबरका गोली र पानीका छर्रा प्रयोग गर्नुका साथै दर्जनौं प्रदर्शनकारीलाई पक्राउ गरेको थियो । 

निर्माण क्षेत्रमा कोभिड संक्रमण फैलिने भन्दै सरकारले खोप लगाएकालाई मात्र काम गर्न दिने नियम हालै ल्याएको थियो । कोरोनाबाट अस्ट्रेलियामा अहिलेसम्म ११ सय ६७ जनाको मृत्यु भएको छ । त्यस्तै अहिलेसम्म ८७ हजार संक्रमित बनेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sansarartha@gmail.com मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको