Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना अपडेट : देशभर ९ हजारभन्दा बढी संक्रमित थपिए, ५४ जनाको मृत्यू

अर्थ संसार

विहीबार, २३ बैशाख २०७८, १७ : ३६ मा प्रकाशित

कोरोना अपडेट : देशभर ९ हजारभन्दा बढी संक्रमित थपिए, ५४ जनाको मृत्यू

पछिल्लो २४ घण्टामा देशभर ९ हजार भन्दा बढी संक्रमित थपिएका छन् । बिहिबार ९ हजार ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३६७ जनाको पीसीआर परीक्षणमा ८९७० र ७७५ एन्टिजेन परीक्षणमा १०० जना गरी ९ हजार ७० जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा ५४ संक्रमितको मृत्यू भएको छ । त्यसैगरी, २ हजार ७०७ जना संक्रमण मुक्त भएका छन् ।  हाल क्वारेन्टाइनमा ३१४ जना रहेका छन् ।  
बुधबार  ८ हजार ६ सय ५९ जना संक्रमित थपिएका थिए भने ५८ जनाको मृत्यु भएको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sansarartha@gmail.com मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको