Like us!
Follow us!
Connect us!
Watch us!

अरुण काबेली पावरको अधिकांश सुचकमा देखियो चमक, प्रतिसेयर आम्दानी ३२३.९५ प्रतिशतले बढ्यो

अर्थ संसार

विहीबार, १६ बैशाख २०७८, ०८ : २४ मा प्रकाशित

अरुण काबेली पावरको अधिकांश सुचकमा देखियो चमक, प्रतिसेयर आम्दानी ३२३.९५ प्रतिशतले बढ्यो

अरुण काबेली पावर लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।  

कम्पनीले यस वर्ष तेस्रो त्रैमाससम्म आइपुग्दा २० करोड ३२ लाख ९३ हजार रुपैयाँ  खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षकोभन्दा ३४८.१६ प्रतिशत बढि हो ।  गत वर्षको सोहि अवधिसम्म कम्पनीले ४ करोड ५३ लाख ६२ हजार रुपैयाँ खुद नाफा गरेको थियो । 

कम्पनीले बिद्युत बिक्रिबाट ५१ करोड ६९ लाख रुपैयाँ आम्दानी गरेको छ भने अन्य स्रोतबाट ५ लाख ४२ हजार रुपैयाँ आम्दानी गरेको छ ।

त्यसैगरी कम्पनीले  चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ५१ करोड ७४ लाख ७७ हजार रुपैयाँ बराबरको कुल आम्दानी गरेको छ । गत वर्षको सोहि अवधिमा कम्पनीको यस्तो आम्दानी  २२ करोड ५ लाख ४८ हजार रुपैयाँमा सिमित थियो । 

कम्पनीको खुद मुनाफामा उछाल आएसंगै कम्पनीको प्रतिसेयर आम्दानीमा पनि ब्यापक बृद्धि भएको छ । अघिल्लो बर्षको यहि अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैया ३ पैसा रहेकोमा अहिले त्यो १३ रुपैयाँ ६ पैसाले बढेर १७ रुपैयाँ ९ पैसा पुगेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात (पिई रेसियो) १९.६० गुणा रहको छ रहेको छ भने कम्पनीको प्रतिसेयर नेटवर्थ ११२ रुपैयाँ ९८ पैसा रहेको छ ।  

समिक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ५.७१ प्रतिशतले बढेर  १ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । त्यस्तै कम्पनीको जगेडा कोष ५८९.२८ प्रतिशतले बढेर २० करोड ५७ लाख रुपैयाँ पुगेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sansarartha@gmail.com मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको