Like us!
Follow us!
Connect us!
Watch us!

‘सनराइज ब्लूचिप फन्ड’ आजदेखि बिक्रीमा, कहाँबाट दिने आवेदन ?

अर्थ संसार

आइतबार, ०१ चैत्र २०७७, ०७ : ३८ मा प्रकाशित

‘सनराइज ब्लूचिप फन्ड’ आजदेखि बिक्रीमा, कहाँबाट दिने आवेदन ?

सनराइज क्यापिटल लिमिटेडले सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरि आज (चैत्र १ गते, आइतबार) 'सनराइज ब्लूचिप फण्ड' नामक सामुहिक लगानी कोष निष्कासन तथा बिक्री खुल्ला गरेकाे छ । यो बन्दमुखी योजना हो ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये कोष प्रवर्धक सनराइज बैंकलाई १५ प्रतिशत अर्थात् एक करोड ५० लाख इकाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई खुल्ला गरेकाे हाे । 

लगानीकर्ताले उक्त फण्डमा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म छिटोमा चैत्र ४ गतेसम्म र ढिलोमा चैत्र १६ गतेसम्म आवेदन दिन सक्नेछन् । 

त्यसैगरी, यस इकाईकाे बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल लिमिटेडले गरेकाे छ । उक्त फण्डको इकाईमा लगानीकर्ताहरूले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन् ।

फन्डले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

604d6d6494049.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sansarartha@gmail.com मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको